Thursday, December 6, 2007

रहस्यलोकको रसमलाई ः माधव नेपाल र प्रधानमन्त्री

भरत भूर्तेल
सो खानपिन गर्ने कि ?"
सात दलको बैठकबाट निस्कूदा लखतरान देखिएका कामरेड हेडक्वाटरले माधव नेपाललाई सम्बोधन गर्दै भन्नुभयो, "सूगै बस्न नपाएको पनि निकै भो !"
भोकाएका नेताहरूले भकाभक खानुभो । "अघाइयो," पेट मुसार्दै नेपालजीले भन्नुभो, "अब जाऊू होला !"
कामरेड विद्यावारििधले कामरेड हेडक्वाटरका अनुहारमा पुलुक्क हेरेर रहस्यमय स्वरमा भन्नुभो, "यति खाएर अघाइन्छ ? अरू खानुपर्दैन ?"
"सबैथोक त खाइसकियो अब के खाने ?" हाूस्न खोज्दै नेपालजीले सोध्नुभो ।
"तपाइर्ंले प्रधानमन्त्री खानु परो," कामरेड हेडक्वाटरले विषय प्रवेश गर्दै भन्नुभो, "काङ्ग्रेसको सर्वसत्तावाद सहेर अब बस्न सकिूदैन ।"
यस अप्रत्यासित प्रस्तावले किञ्चित अलमल परेका नेपालजीले जुरुक्क उठ्न खोज्दै भन्नुभो, "यो त्यति सजिलो छैन ।"
माधव नेपालजीको मुखमुद्रामा झल्किएको असजिलो देखेर कामरेड हेडक्वाटरले प्रसङ्ग परविर्तन गर्नुभो । उहाूले आफ्नो गोजीबाट एउटा पोको फुत्त झिकेर सोध्नुभो, "यो खाने त ?"
माधव नेपालजीले सोध्नुभो, "यो के हो नि ?"
कामरेड हेडक्वाटर मुसुक्क हाूस्नुभो मात्रै । नेपालजीले प्रश्नवाचक मुद्रामा कामरेड विद्यावारििधतिर पनि हेर्नुभो । उहाू पनि मुसुक्क हाूस्नुभो मात्र । कामरेड हेडक्वाटरले आग्रहपूर्वक पोको अघि सार्दै भन्नुभो, "खाएर त हेर्नूस्, तपाईंलाई मन परो भने के रहेछ त्यो पनि भनौूला ।"
नेपालजीले पोकामा राखेको बस्तु हेर्नुभो । चिनीको पागजस्तो कुनै तरल रसमा डुबेको चारपाटे मिठाई रहेछ । उहाूले मुखमा हाल्नुभो । मुखमा मिठाई पर्नासाथ एक प्रकारको अलौकिक स्वादको अनुभूति भो । एक तमासको मिठास मुख, घाूटी, छाती हूुदै पेटसम्म फैलियो । एक प्रकारको आनन्ददायी अनुभूति मस्तिष्कका तन्तुहरूसम्म सञ्चार भो । आहा, कति अलौकिक स्वाद Û मनमनै यति सोचेर कामरेड हेडक्वाटरलाई सम्बोधन गर्दै उहाूले सोध्नुभो, "के हो यो ?" उहाूले मिठाईबारे चिनारी प्रस्तुत गर्दै भन्नुभो, "यसलाई रहस्यलोकको रसमलाई भन्छन् । यसमा सुकुमेल, काजु, किसमिस, छोकडा, पेस्ता, ओखरको दिउल आदि मिसाइएको हुन्छ ।"
"जे भनून्, दिव्य स्वाद रहेछ," त्यसपछि उहाूले सोध्नुभो, "कामरेडहरूले यो मिठाई कहिलेदेखि सेवन गर्नुभएको ?" "विद्यार्थीकालदेखि नै," दुवैले जवाफ दिनुभो । माधव नेपालजीले कामरेडहरूलाई कटाक्ष गर्दै भन्नुभो, "मीठो कुरो एक्लै खाने हो त ?" "त्यही भएर त तपाइर्ंलाई ख्वाउन ल्याएको । यस्ता खाने कुरा हामीसूग कति छन् कति ?"
"के खुवाउनुहुन्छ ?" नेपालजीले अनुहारमा मुस्कान र जिज्ञासा मुछिएको भावमा सोध्नुभो ।
"तपाइर्ंले प्रधानमन्त्री खानुपर्छ," कामरेड हेडक्वाटर र विद्यावारििधको सामूहिक स्वर सुनियो । एकै क्षण कोठा शान्त भयो । कोही कसैसूग बोल्नुभएन ।
त्यसपछि सुस्तरी नेपालजीले भन्नुभो, "म यसबारे एकपटक पार्टीमा छलफल गर्छु ।"
त्यसपछि बल्खुमा बैठक बस्यो । महासचिवले आफ्नो विवरण सुनाउूदै भन्नुभो, "उनीहरू काङ्ग्रेस नेतृत्व अन्तर्गत चुनावमा जान तयार देखिएनन् । चुनावका खातिर प्रधानमन्त्री खानेबारे पुनःविचार होस् भन्ने मेरो आग्रह छ ।"
त्यसपछि केपी शर्मा ओली बोल्नुभो, "प्रधानमन्त्री पदको च्याूखे थापेर हामीलाई सिध्याउने खेल थालिएछ ।"
झलनाथ खनालले आफ्नो राय सुनाउूदै भन्नुभो, "यस विषयमा घनीभूत छलफलको आवश्यकता छ, शिरदेखि तीरसम्म विमर्श गरी वस्तुगत विश्लेषणमार्फत तथ्यगत सत्यसम्म पुग्न आवश्यक छ । मेरो रायमा ...।" उहाू बोल्दै हुनुहुन्थ्यो, बीचमै वामदेव गौतमले भन्नुभो, "कामरेडहरू फुस्सफुस्स नबोलौू, उनले समर्थन गर्छन् भने हामीले खानुपर्छ ।"
"वामदेव कामरेड त उतै लागेको वेश," प्रदीप नेपालले वामदेवजीलाई यति भनेर महासचिवतिर फर्केर सोध्नुभो, "अरन्यवासीहरूले लट्याउने दबाई ख्वाए कि क्या हो ?"
महासचिवले भन्नुभो, "होइन ।" तर, प्रदीप नेपालले केरकार गर्न छाड्नुभएन, "नढाूटी भन्नूस् त ती दुई भाइले के-के खान दिए ?"
उहाूले भन्नुभो, "सुकमेल, काजु, किसमिस, छोकडा, ओखरका दिउललगायतका मसला मिसिएको रसमलाईचाहिू खाएको हो ।"
महासचिवको बयान सुनिसकेपछि प्रदीप नेपालले विस्मित् हुूदै भन्नुभो, "रहस्यलोकको रसमलाईमा रोल्पा-रुकुमतिरको धतुरो मिसाएर खान दिएपछि लट्ठिनुभएका तपाईंलाई खत्तम पारेछन् ।"
"यसको असर के हुन्छ ?" केपी शर्मा ओलीले डा वंशीधर मिश्रतिर फर्केर सोध्नुभो ।
"खास केही हूुदैन, अनेक प्रकारका स्वास्थ्यवर्द्धक मसला, गुलियो मिठाई र त्यसमा मिसाइएको धतुरो सेवनले पाचनशक्तिलाई अत्यन्त तीव्र पार्छ र जे पनि खाउूझूै लाग्छ," डा मिश्रले यति भनिसकेपछि प्रदीप नेपालले सोध्नुभो, "यसको उपाय के छ त ?"
"उपाय छ, शुद्ध हिमाली स्वदेशी जडीबुटीबाट बनेको चूर्ण खाएपछि भोक कम हुन्छ वा स्वाभाविक स्तरमा आउूछ," त्यसपछि डा मिश्रले गोजीबाट एउटा पुरयिा निकालेर महासचिव नेपाललाई दिूदै भन्नुभो, "यो धूलो स्वाट्ट निल्नोस् त !" माधवकुमारजीले त्यो चूर्ण खानुभो, एक गिलास मनतातो पानी पिउनुभो र भन्नुभो, "म केही क्षण आराम गर्न चाहन्छु ।"
महासचिवको कोठाबाट एकैपटक सबै जना बाहिरनिुभो । एक घन्टापछि उहाूले सबैलाई बोलाउनुभो । महासचिवलाई सम्बोधन गर्दै डा वंशीधरले सोध्नुभो, "कस्तो महसुस गर्दै हुनुहुन्छ ?"
नेपालजीले जवाफ दिनुभो, "बिलकुल सामान्य ।"
अमृतकुमार बोहराजीले सोध्नुभो, "भोक कत्तिको छ ?"
महासचिवले भन्नुभो, "खास छैन ।"
"केही खाने कि ?" बोहराजीले फेर िसोध्नुभो ।
"एकेक कप तुलसी चिया खाए कसो होला ?" महासचिवले भन्नुभो ।
"प्रधानमन्त्री नखाने ?" यो सायद केपी शर्मा ओलीले सोध्नुभएको थियो ।
"किन नखाने ?" महासचिव नेपालले आफ्नो विशिष्ट शैलीमा भन्नुभो, "वर्तमान परपि्रेक्ष्यमा कसैले गोजीबाट निकालेर दिएको प्रधानमन्त्रीचाहिू नखाने, नेपाली जनताले कृपा गरेमा अवश्य खाने !"
त्यसपछि उहाूहरू तुलसी चिया खान थाल्नुभो ।

No comments: