Wednesday, January 2, 2008

पुतीन को दिअरी

मस्को -रुस, भ्लादिमिर भ्लादिमिरोभिच पुटिनको दैनिक खान्की हो- रोटीका केही टुक्रा । उनी कुनै प्रोटोकलको टोस्टमा मात्रै वाइन सुरुप्प पार्छन् । प्रत्येक बिहान एक घन्टाभन्दा बढी स्विमिङ पुलमा हेलिन्छन् । ब्राहम, मोजार्ट र सइकोभोस्कीका क्लासिकल कम्पोजिसन सुन्छन् । बिटल्सको 'यस्टरडे' गीत उनको ज्यान हो, सबैभन्दा मनपर्दो ।
हो, 'टाइम' पत्रिकाको वर्षुरुष बनेपछि ५५ वषर्ीय रुसी राष्ट्रपति पुटिनका थुप्रै आनीबानी बाहिर आएका छन् । 'यी चानचुने राजनीतिज्ञ होइनन्,' टाइमको पछिल्लो संस्करणमा उल्लेख छ- 'उनले आफ्नो मुलुकलाई दृढ र स्थिर तुल्याएका छन् । रुसबाहिर पनि उनको आवाज सुन्न थालिएको छ ।'

फेरि फिरौं पुटिनतिरै जसका केही प्रसंग रोचक लाग्न सक्छन् ।

पुटिन बाइबलका भक्त हुन् जो निजी विमानमा पनि उक्त धार्मिक ग्रन्थ साथै राख्छन् । बोली र सन्देशमा एकदमै नियन्त्रित उनले जीवनमै कसैलाई इमेल लेखेका छैनन्, किनभने उनीस“ग इमेल-आईडी छैन, न व्यक्तिगत टेलिफोन छ । उनी राजनीतिमा चतुर पनि छन् । जस्तो- सोभियत संघलाई जनइच्छाबमोजिम टुक्रयाउने अघिल्ला राष्ट्रपति मिखाइल गोर्वाचोभ र बोरिस येल्त्िसनको पनि उनी खुलेर प्रशंसा गरिरहेका हुन्छन् । 'थाहा छैन -किन),' उनले टाइमलाई भनेका छन्- 'सायद ममा पनि त्यो साहस हुन्थेन ।'

विश्वकै महाशक्ति र पु“जीवादी साम्राज्य बनेको अमेरिकास“ग भने पुटिनको केही 'चिसो' थियो । उनका बुझाइमा, अमेरिकाले रुसलाई जहिल्यै 'कुनै पार्टर्ीी ननिम्त्याईकन आएको पात्र' का रूपमा लिने गरेको छ । 'हामी अमेरिकाको साथी बन्न चाहन्छौं,' उनी भन्छन्- 'तर कहिलेकाही“ के लाग्छ भने अमेरिकालाई कोही साथी नै चाहि“दैन ।' रुसबारे अमेरिकी भ्रमपर्ूण्ा धारणा उनी सच्याउन चाहन्छन् त - पुटिन भन्छन्- 'यी धारणा भ्रमपर्ूण्ा हुन् भन्ने मलाई लाग्दैन । रुसको छविलाई भित्री-बाहिरी रूपमा तल झार्न नियतवशै अपनाइएको उपाय हो । हरेकलाई के विश्वास दिलाउन खोजिएको छ भने रुसीहरूमा अझै अलिअलि जंगली स्वभाव छ जो भर्खरै कुनै रूखबाट उत्रेका छन् र तिनका दार्‍ही र कपालको फोहोर पुछिनै बा“की छ ।'

अहिले पुटिनको आठवर्षो राष्ट्रपतिकालको समीक्षा भइरहेको छ । उनले सोभियत संघ विघटनपछि पहिलोपटक देशवासीमा आत्मगौरव बढाउन र आर्थिक वृद्धिदर बर्सर्ेे ७ प्रतिशतले कायम गराउन सके । यसबीच रुसले दर्ुइ खर्ब अमेरिकी डलरको वैदेशिक ऋण पनि चुक्ता गरेको छ । पुटिनको लोकप्रियता रुसमा ७० प्रतिशतभन्दा माथि छ ।

फेरि रमाइला कुरा गरौं ।

पुटिन खिसीटिउरी गर्न सिपालु छन् तर हास्यरसविहीन । टाइमका संवाददाताहरूले आफूस“ग गरेका कतिपय विनोदी कुराको पनि उनले भेउ पाउन सकेनन् । अमेरिकाका पर्ूवविदेशमन्त्री हेनरी किसिन्जर भन्छन्- 'पुटिन व्यक्तिगत आकर्षामा विश्वास राख्ने मान्छे होइनन् । उनी ऐकान्तिकता, राम्रो बौद्धिकता, विषयगत पहु“च र रुसी राष्ट्रवादले भरिएका व्यक्ति हुन् ।'

उनी भाग्यले पुटिन बनेका होइनन् । यसमा निरन्तर संर्घष्ाको कथा छ । सेन्ट पिर्टसबर्गको पुरानो घरमा आइरहने मुसा खेदाउ“दै उनी स्कुल जान्थे । उनका हजुरबा लेनिन र स्टालिनका भान्से थिए । त्यस बेलासम्म भान्से बाजेले आफ्ना सन्तानका लागि कुनै उज्यालो ल्याउलान् भन्ने थिएन । पुटिन आफूलाई बाल्यकालको 'दुःखी विद्यार्थी' का रूपमा सम्झन्छन् । किशोर वयमा जुडो र रेस्लिङ सिके पनि पछि जुडोमै तल्लीन रहे । लेनिनग्राद स्टेट युनिभर्सिटीमा उच्च शिक्षा टुंगिन लाग्दासम्म उनको एउटै इच्छा थियो, जासुसी सेवामा लाग्ने । तर संयोगवश रक्षा-सुराकीको तालिम पाए र सन् असीको दशकको मध्यमा नेटो र जर्मन राजनीतिज्ञ- को सुराकीमा पर्ूर्वी जर्मनी पुगे । सन् १९८९ मा बर्लिन पर्खालस“गै उनको सुराकी सेवा पनि ढल्यो ।

टिप्पणीकारहरूले भन्ने गरेको 'रुस इतिहासले बा“चेको छ, इतिहास पनि रुसमै बन्छ,' दृष्टान्त फेरि पनि प्रमाणका रूपमा देखा परेको छ । टाइमका 'वर्षपुरुष-२००७' पुटिन यसैका प्रमाण हुन् । वर्षुरुषमा उनले अमेरिकाका पर्ूवउपराष्ट्रपति अल गोर, ह्यारी पोटर स्रष्टा जेके रोलिङ, चिनिया“ राष्ट्रपति हु जिन्ताओ र इराक युद्धका अमेरिकी कमान्डर जनरल डेभिड पेट्रायसलाई उछिनेका हुन् ।

No comments: