Saturday, January 19, 2008

भोटाहिटीमा विस्फोट गराउने पक्राउ



काठमाडौं, माघ ४ - भोटाहिटी बम विस्फोटनमा संलग्न तीनमध्ये दर्ुइलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने दाङ गोलटाकुरी-३ निवासी सन्तोषकुमार बस्नेत र मेघबहादुर खत्री छन् । प्रहरीले खत्रीको साथबाट एक थान डेटोनेटरसमेत बरामद गरेको छ । फरार हुने रुकुम स्थायी निवासी चन्द्रभुपाल पुन हुन् ।

पक्राउ परेका दुवै जनाले आफूहरू डिफेन्स आर्मीका सदस्य भएको बताएका छन् । बस्नेत विराटनगरस्थित नोबेल मेडिकल कलेजमा बम विस्फोट गराएर पुस २६ गते काठमाडौं आएको समेत पुष्टि भएको छ ।

'खुलामञ्चमै विस्फोट गराउने योजना थियो,' अभियुक्त द्वयले बयानमा भनेका छन् 'तर सुरक्षाकर्मीको बाक्लो उपस्थिति भएकाले भाग्न असम्भव देखेपछि भोटाहिटीमा विस्फोटन गरायौं ।'

उनीहरूले खुला मञ्चको निरीक्षण गरेपछि विस्फोटनको योजना रत्नपार्कको चौरमा बसी बनाएको पनि बताएका छन् । महांकाल मन्दिर मुन्तिरको पसलमा मेटासिट किनी त्रिपुरेश्वरस्थित महेश्वर मन्दिर परिसरमा फालेर खाली डब्बामा विस्फोटक पदार्थ र डेटोनेटर राखी खुलामञ्च आएको बयानमा उल्लेख छ ।

अनुसन्धान महा शाखाका प्रमुख उपेन्द्र कान्त अर्यालका अनुसार एउटै मान्छे विराटनगरदेखि काठमाडौंसम्म विस्फोट गराउ“दै हि“डेको र उनीहरूले दिएको बयान अनुसार डिफेन्स आर्मीमा सक्रिय सदस्य दस पन्ध्र जनामात्रै छन् ।

अर्यालले डिफेन्सका अध्यक्ष रामप्रसाद मैनालीले 'म अब सक्रिय हुन सक्दिन' भन्दै प्रहरीमा आत्मर्समर्पण गरेको बताए । 'राजाको सक्रियता र नेपाल हिन्दू अधिराज्य हुनर्ुपर्छ' भन्ने प्रमुख माग रहेको डिफेन्स आर्मीका सदस्यलाई राजावादीले खर्च दिने गरेको समेत उनीहरूले प्रहरीलाई बताएका छन् ।

सात राजनीतिक दलले टु“डिखेलमा आयोजना गरेको संयुक्त आमसभा सकिएलगत्तै बम विस्फोट भएको थियो । विस्फोटनमा ८ जना घाइते भएका थिए ।



Posted on: 2008

No comments: