Sunday, January 6, 2008

कुमारीघर अन्धकारमा
काठमाडौं, (नेस)जीवित देवी कुमारी बस्ने वसन्तपुरस्थित कुमारीघर पाँच दिनदेखि अन्धकारमा छ।

विगत १३ महिनादेखि कुमारीघरले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसुल नबुझाएपछि प्राधिकरणले मंगलबारदेखि विद्युत् लाइन काटिदिएको हो। पटकपटक महसुल तिर्न ताकेता गर्दासमेत बेवास्ता गरेपछि लाइन काटिदिएको प्राधिकरणले जनाएको छ।

कुमारीघरले प्रयोग गरेबापत करिब १६ हजार रुपियाँ तिर्नुपर्ने प्राधिकरणले जनाएको छ। कुमारीघरको रेखदेख र विद्युत् महसुल तिर्ने जिम्मा गुठी संस्थानको हो।

मनपरी ढंगले बत्ती बालेका कारण कुमारीघरको महसुल नतिरिएको गुठी संस्थान खर्च शाखा प्रमुख राजाबाबु पाण्डेले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

ँएक जना कुमारीका निम्ति मासिक २ हजार ५ सय रुपियाँ कसरी उठ्छ -’, उहाँले भन्नुभयो- ँकुमारीको रेखदेख गर्नेले मनपरी बत्ती बाल्ने, राइसकुकर, हिटरलगायत विद्युत् सामग्री बढी चलाउनाले महसुल बढेको हो।

गुठीले कुमारीका लागि विद्युत्बापत ५ सय रुपियाँ मासिक दिने गरेकोमा नमानिएपछि दिनै छोडिएको बताएको छ।
उता कुमारीघरका रेखदेखकर्ता चिताइदार जुजुभाइ शाक्यले चाहिँ गुठी संस्थानलाई पटकपटक आग्रह गर्दासमेत विद्युत् महसुल रकम नदिएको आरोप लगाउनुभयो।

ँपानीसमेत खान मुस्किल परेको छ’, चिताइदार शाक्यले भन्नुभयो- ँबत्ती नभएपछि पानी तान्न सकिँदैन, कुमारीलाई समेत पानी खुवाउन मुस्किल परिरहेको छ।’

No comments: