बसमा रहस्यमय आगलागी ७ को मृत्यु, २२ घाइते
बाराको पसाहामा शुक्रबार एक यात्रुबसमा भएको रहस्यमय आगजनीमा सातजनाको मृत्यु भएको छ । २२ घाइते भएका छन् ।
जनकपुरबाट वीरगन्जतर्फगइरहेको उक्त बस महेन्द्र राजमार्गको पथलैया-निजगढ सडकखण्डको पसाहा पुलनेर यात्रु ओराल्न रोकेलगत्तै जल्न थालेको थियो ।
बसमा अचानक आगो सल्केको मात्र देखिएको घाइते यात्रुले
बताए । शरीरका विभिन्न भाग जलेका रौतहट मध्यपुर-६ का १८ वषर्ीय कुमार दर्लामीका अनुसार एकैपल्ट चारैतिर आगो लागेपछि तातोले सिसा फुट्न थालेको थियो । उनले भने- 'गाडीमा कसैले प्रहार गरेजस्तो लागेन ।' अर्का एक घाइतेले भने चन्द्रनिगाहपुरदेखि नै बसभित्र पेट्रोलको जस्तै गन्ध आइरहेको बताए ।
आगजनीमा मृत्यु भएकाको शव डढेकाले चिन्न सकिने अवस्थामा छैन । सातै जनाको घटनास्थलमै मृत्यु भएको हो । घाइतेमध्ये पा“चजनाको स्थिति गम्भीर रहेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जले जनाएको छ । गम्भीर घाइते जोतियादेवी, दिलबहादुर, रेनु मोक्तान, कौशल्याकुमारी साह र विपिन लामालाई उपचारका लागि हेलिकप्टरबाट राजधानी लगिएको छ ।
घाइते भएकामा नरेशकुमार
-सलेमपुर, र्सलाही), अशोककुमार चौबे -सिमरा, बारा), महेश सापकोटा -हत्पत्ते, सिन्धुली), टेकबहादुर कुमाल -भद्रकाली, सिन्धुली) छन् । त्यस्तै, शिवरतन महतो -बड्की फूलबरिया, बारा) सुशील मोक्तान -हेटौंडा-९), दया मोक्तान, रामकिशोर झा
-रामनगरबहर्ुवा, र्सलाही), बुद्घलिाल सुनार -रत्ननगर, चितवन), प्रतीक कोइराला -चन्द्रनिगाहपुर-९, रौतहट), कल्पना कोइराला, रामवचन साह -महम्मदपुर गाविस-७, रौतहट), प्रेमकुमारी
-बर्दिवास, महोत्तरी) पनि घाइते छन् । उनीहरूको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
बसभित्र करिब ३० र छतमा २० जनाजति थिए । चालक वीरगन्जका साने अधिकारी फरार छन् भने कन्डक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आगलागी भएको उक्त मिनीबसको पछाडि ढोका थिएन । बसका झ्याल कडा भएकाले खोल्न नसकिएको र प्लास्टिकको सिसा भएकाले फुटाउन पनि नसकिएको अर्का घाइतेले बताए ।
सोही बसबाट आएका आफन्तलाई लिन बिसौनीमा कुरिरहेका वासुदेव घिमिरेले रोकिएको केहीबेरमै दन्दनी बल्न थालेको बताए । 'हर्ेदाहर्ेर्दै बस बल्न थाल्यो,' उनले भने- 'मेरा आफन्तको पनि कपाल जलेको छ ।' कन्डक्टर सुरेन्द्र साहले मानिस ओरालिरहेका बेला आगो लागेको बताए ।
बाराका प्रमुख जिल्ला अधिकारी विमलप्रसाद ढकालका अनुसार उक्त गाडीमा नाइट्रो फस्पोरसमा आगो लागेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । सोही गाडीमा यात्रारत एक प्रहरीलाई उद्धृत गर्दै उनले जनाएअनुसार आगो ड्राइभरको सिट पछाडिबाट सल्केको थियो ।
यसैबीच आगजनीको जिम्मा 'तर्राई आर्मी' ले लिएको छ । आफूलाई संगठन प्रमुख बताउने मिस्टर जोनले वीरगन्जको एक एफएम रेडियोमा टेलिफोन गरी बसमा नाइट्रोजन राखी आगजनी गराएको बताए । मिस्टर जोन भनिने कौशल सहनी यसअघि भदौमा राजधानीमा भएको विस्फोटका पनि अभियुक्त हुन् ।
मध्यक्षेत्रका डीआई किरण गौतमले घटनास्थलबाट फर्केर जानकारी दिएअनुसार डाइभरको सिट पछाडिबाट फुस्स आवाज आएर एकैचोटि आगोको लप्का निस्केको थियो । त्यहा“ कुनै प्रज्ज्वलनशील पदार्थ भएको र त्यसैबाट आगो फैलिएको हुनसक्ने उनको अनुमान छ ।
साढे ४ बजे आगलागी सुरु भएको पा“च मिनेटभित्रै उद्धारका लागि पुगेको सशस्त्र प्रहरीको भद्रकाली गणका एसपी श्रीकान्त कोइरालाले बताए । 'आगो दन्किरहेको थियो, वरिपरि रापले जान सकिने अवस्था थिएन,' उनले भने- 'त्यही अवस्थामा धेरैलाई उद्धार गर्यौं ।' घटनास्थल नजिकैकी चिया पसले कान्छी तामाङका अनुसार बस रोकिएलगत्तै आगो ह्वारह्वार्ती बल्न थाल्यो । उनले भनिन्- 'बलिरहेका मान्छे बसबाट फुत्त-फुत्त ओर्लेको दृश्यले मलाई साह्रै डरै लाग्यो ।'
नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराइरहेका घाइते रामकिशोर झाले अकस्मात बसमा धूवा“ देखिएको र तत्कालै बल्न थालेको बताए ।
सातमध्ये तीन शव झ्यालमा अड्केको स्थितिमा सुरक्षाकर्मीले निकालेका थिए । भाग्ने कोसिस गर्दा नसकी उनीहरूको मृत्यु भएको अनुमान छ । शव पोस्टमार्टमका लागि नारायण उपक्षेत्रीय अस्पताल
लगिएको छ ।
No comments:
Post a Comment